Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एसपीहरु तानिएसँगै मधेस प्रदेशका डिआइजी पनि गृहको निगरानीमा

    एसपीहरु तानिएसँगै मधेस प्रदेशका डिआइजी पनि गृहको निगरानीमा

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 2.4K
    SHARES

    काठमाडौं । पछिल्लो एक महिनामा नौ जिल्लाका एसपीलाई प्रहरी प्रधान कार्यालयले हटाएको छ ।

    सामान्य गल्ती देखिएमा पनि जिम्मेवारीबाट हटाउने गृह मन्त्रालयको नीतिअनुसार यसरी छोटो अवधिमै एसपीहरु हेरफेर हुन थालेका हुन् ।



    सोमबार मात्र सिरहा र इलामका एसपी फेरिए । थप केही जिल्लाका प्रहरी प्रमुखहरु निगरानीमा रहेको स्रोत बताउँछ ।



    एसपीमात्र होइन कार्यक्षमतामा कमजोर रहेका डिआइजीहरु समेत हटाउने तयारी छ । मधेस प्रदेशका डिआइजी यज्ञ बिनोद पोखरेल सबैभन्दा जोखिममा छन् ।

    कार्यक्षमता कमजोर रहेको र मातहतका जिल्लामा राम्रो नियमन गर्न नसकृेको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ । डिआइजी पोखरेल आफैंले पनि केही जिल्लामा गोप्य रुपमा घुमुवा परिचालन गरेको स्रोत बताउँछ ।

    डिआईजी पोखरेलले विपत ब्यवस्थापन कार्यालय पर्सामा कार्यरत सई त्रिभुवन साहलाई बाराको अमलेखगंज इलाका प्रहरी कार्यालयको इन्चार्जमा सरुवा गरेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा काजमा ल्याएको केही दिनमै पोखरेलले असुलीका लागिउनलाई अमलेखगंज पठाएका छन् ।

    डिआईजी पोखरेलले बीरगंज भन्सारदेखि विभिन्न आकर्षक पोष्टमा बर्षौ कार्यरत जुनियर अधिकृतलाई बाराका राजमार्ग र सीमाचौकीमा सरुवा गरेका छन् । तस्करीमा सहजीकरण गर्न पोखरेलले बाराका सीमाक्षेत्रका प्रहरी चौकी मुसहर्वामा सई रबिन्द्र साह, छतवामा सई सन्तोष केसी, पथलैयामा नरेशबहादुर शाही, मटिअर्वामा अरुण यादवलाई इन्चार्ज बनाएका छन् ।

    अरुण यादव बाहेक मुसहर्वा, छतवा, पथलैया र अमलेखगञ्ज इन्चार्ज खटाइएकाहरु यसअघि पर्साको बीरगंजमा लामो समय कार्यरत रहिसकेका र उनीहरुको तस्करहरुसँग राम्रो सम्बन्ध भएकाले तस्करी लाइन दिएर कमाउधन्दा संचालन गर्नका लागि नै पोखरेलले खटाएको प्रहरी स्रोत बताउँछ ।

    तराईका ठूला तस्करसँग डिआइजी पोखरेलको साँठगाँठ देखिएको छ । हुन्डी कारोबारको नियन्त्रणमा पनि प्रहरीले चासो दिन सकेको छैन । भन्सार राजश्वमा सुधार हुन नसकेकाले डिआइजी पोखरेल धरापमा परेका हुन् ।

    हुन्डी कारोवारी राकेश महतो, रमेश महतो र भारतबाट कुहिएको दाल ल्याएर नेपालमा पोलिस लगाएर बेच्ने तस्कर राजेश अग्रवालसँग पोखरेलको सेटिङ चल्दै आएको प्रहरी स्रोत बताउँछ ।

    बाराका तत्कालिन एसपी सुरेश काफ्लेले यी तस्करहरुलाई कारवाही गर्न खोज्दा पोखरेल निकटहरुले गृहमा उल्टो कुरा लगाई काफ्लेको सरुवा गराउन सफल भएका छन् । जनस्वास्थ्यमा खेलवाड गर्ने अग्रवाल जस्ता तस्करहरुलाई मुद्धा चलाउनुपर्नेमा सामान्य कारवाही गरी उन्मुक्ति दिइएको छ ।

    तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत पोखरेल मधेसको इन्चार्ज हुने अवसर पाएका हुन् । हालका गृहमन्त्री रवि लामिछानले तत्कालिन गृहमन्त्री श्रेष्ठ निकट प्रहरी अधिकारीमाथि बिशेष निगरानी राख्दै आएका छन् ।

    लुम्बिनीका सीमा नाकामा पनि बदमासी रोकिएको छैन । गृह मन्त्रालयले घुमुवा हटाउन निर्देशन दिएकोमा अझै पालना भएको छैन । रुपन्देही, कपिलवस्तु, बाँकेका सीमा नाकामा अझै घुमुवा प्रहरीको सेटिङमा तस्करी रोकिएको छैन ।

    लुम्बिनीका पनि केही जिल्लाका एसपीसहित डिआइजीलाई समेत गृहले निगरानीमा राखेको छ । लुम्बिनीका डिआइजी कुबेर कडायतको कमाण्ड कमजोर रहेको भन्दै प्रहरी महानिरीक्षक बसन्त कुँवर समेत असन्तुष्ट छन् ।

    उता, झापाको इलाका प्रहरी कार्यालय, गौरीगञ्जका घुमुवा प्रहरी तुलाराम चौधरीको मिलेमतोमा रातीराती तस्करी हुने गरेको गुप्तचरको रिपोर्टका आधारमा प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार