Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • मधेश प्रदेशका नवनियुक्त ३ मन्त्रीले लिए शपथ

    मधेश प्रदेशका नवनियुक्त ३ मन्त्रीले लिए शपथ

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 324
    SHARES

    जनकपुरधाम । मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् ।

    उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।



    माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेलीले मन्त्री पदको शपथ लिए।



    माओवादी नेता साह र एकीकृत समाजवादीकी नेतृ लुंगेलीको मन्त्रालय तोकिएको छैन । माओवादीले उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएको थियो ।

    सो मन्त्रालयको जिम्मेवारी युवराज भट्टराईलाई दिइएको छ । हाल श्रम तथा यातायात र वन तथा वातावरण मन्त्रालय गरी दुईवटा मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले आफूसँगै राखेका छन् ।

    ती मन्त्रालय एउटा साह र अर्को लुंगेलीलाई दिने मुख्यमन्त्रीको तयारी छ । त्यस्तै नेकपा एमालेकी शारदा थापाले गृह तथा सञ्चार राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार