Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • वेस्टइन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता, ओपनर एलिक रन आउट

    वेस्टइन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता, ओपनर एलिक रन आउट

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 279
    SHARES

    काठमाडौं । तेस्रो टी–२० क्रिकेटमा बुधबार नेपालले वेस्टइन्डिज ‘ए’ को पहिलो विकेट लिएको छ ।

    वेस्ट इन्डिजले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान एलिक अथान्जलाई गुमाएको हो ।



    उनी १० बलमा एक छक्का र दुई चौकाको मद्दतले १७ रन बनाउँदै आउट भए ।



    उनी रन आउट भएर पेभेलियन फर्किएका हुन् । ३.१ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले २७ रन बनाएको छ ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो ।

    पाँचवटा टी–२० खेलको शृंखला हाल १–१ को बराबरीमा छ । शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो ।

    दोस्रो खेलमा भने भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार