Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मधेश प्रदेशमा बेची लुंगेलीलाई श्रम मन्त्रालयको जिम्मेवारी

    मधेश प्रदेशमा बेची लुंगेलीलाई श्रम मन्त्रालयको जिम्मेवारी

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 231
    SHARES

    जनकपुरधाम। मधेश प्रदेशमा बिना विभागीय मन्त्रीको शपथ लिएकी बेची लुंगेली श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन्।

    नेकपा एकीकृत समाजवादीबाट गत वैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ लिएकी लुंगेलीले आज मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् ।



    यस्तै माओवादी केन्द्रबाट विनाविभागीय मन्त्री रहेका भरतप्रसाद साहले अर्थ मन्त्रालय लिने अडानमा छन् ।



    मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत लिनु पूर्व अर्थ मन्त्रालय दिने वचन पूरा गर्नु पर्ने उनको माग छ ।

    मुख्यमन्त्री यादवले उनलाई अर्थ नदिएर बाँकी रहेको वन तथा वातावरण मन्त्रालय दिन चाहेका छन् ।

    तर, साहले उक्त मन्त्रालय लिन अस्वीकार गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार