Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • तस्बिरमा हेर्नुहोस् जनकपुरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी

    तस्बिरमा हेर्नुहोस् जनकपुरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 288
    SHARES

    जनकपुर । मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज देखि शुरु भएको छ ।

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सुरक्षा गोष्ठी शुरु भएको हो ।





    प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, विपत् व्यवस्थापन, मिटर व्याजको समस्या सहितको विषयमा ८ वटै जिल्लाका सुरक्षा अधिकारीहरुले जिल्लाको अवस्थाका विषयमा छुट्टा छुट्टै प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ ।

    प्रदेश सुरक्षा गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, अर्थमन्त्रालयका सचिव कृष्णहरि पुष्कर सहित चार वटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ ।

    यसै गरि प्रदेशका सुरक्षा प्रमुखहरूको पनि सहभागिता रहेको छ ।

    धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा तथा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरीका उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा नेपाली सेनाका सुरक्षा अधिकारीहरू उपस्थित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार