Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • रास्वपा उम्मेदवारको जमानत जफत भएपछि रविले भने – जित्न सकिएन, सिक्न सकियो

    रास्वपा उम्मेदवारको जमानत जफत भएपछि रविले भने – जित्न सकिएन, सिक्न सकियो

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 567
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ को उपनिर्वाचनबाट धेरै कुरा सिक्न सकिएको बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सभापति लामिछानेले चुनाव जित्न नसकिए पनि सिक्न सकिएको बताएका हुन् ।  सभापति लामिछानेले उपनिर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्न कार्यकर्तालाई आग्रह गरे।



    सभापति लामिछानेले लेखेका छन्, ‘कुनै ईफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढङ्गले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ।हामीलाई मत दिनु हुने र मत सँगै ठुलो सन्देश दिनु हुने सबै प्रति आभारी छु ।’



    सभापति लामिछानेले इलाम २ को उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएकोमा हार्दिक बधाई ज्ञापन पनि गरेका छन् ।

    यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बु लगायत निर्वाचनमा अहोरात्र खट्ने सिङ्गो पार्टी पङ्क्तिलाई पनि लामिछानेले धन्यवाद दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार