Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निज्जर हत्यामा संलग्न रहेको आरोपमा तीन भारतीय पक्राउ

    निज्जर हत्यामा संलग्न रहेको आरोपमा तीन भारतीय पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 282
    SHARES

    एजेन्सी । क्यानडियन प्रहरीले पृथकतावादी शिख नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीयलाई पक्राउ गरेको छ।

    क्यानडियन प्रहरीले शुक्रबार अलबेर्टाको एडमोन्टो सहरबाट तीन भारतीयलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २८ वर्षका करणप्रित सिंह, २२ वर्षका कमलप्रित सिंह र २२ वर्षका करण ब्रार छन्।



    उनीहरूको संलग्नता र पृष्ठभूमीबारे अनुसन्धान भइरहेको रोयल क्यानाडियन माउन्डेट पुलिसले जनाएको छ।



    गत वर्ष जुनमा क्यानडाको ब्रिटिस कोलम्बियास्थित सर्रे सहरको एक गुरूद्वाराको पार्किङमा गोली हानी ४५ वर्षीय निज्जरको हत्या भएको थियो।

    त्यतिबेलै क्यानडाले निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको भनेका थिए।निज्जर खालिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख भएको दाबी गर्दै भारत सरकारले निज्जरलाई आतंककारी घोषणा गरेको थियो।

    भारत सरकारले निज्जरलाई आतंककारी घोषणा गरेको थियो। उनको नाममा भारतले पक्राउ पूर्जीसमेत जारी गरेको थियो।

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्या भएपछि त्यतिबेलै संसदमा सम्बोधन गर्दै हत्यामा भारत सरकारका एजेन्टको हात भएको विश्वासिलो प्रमाण क्यानेडियन सुरक्षा संस्थासँग रहेको दाबी गरेका थिए। निज्जर हत्या प्रकरणबाट भारत र क्यानडाबीचको सम्बन्ध चिसिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार