Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • छत्तीसगढको मुख्यमन्त्रीमा विष्णुदेव साय चयन

    छत्तीसगढको मुख्यमन्त्रीमा विष्णुदेव साय चयन

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 786
    SHARES

    एजेन्सी। भारतीय जनता पार्टीले छत्तीसगढको मुख्यमन्त्रीमा विष्णुदेव सायलाई चयन गरेको छ ।

    आदिवासी समुदायको सबैभन्दा धेरै आवादी रहेको आदिवासी समुदायबाट बीजेपीले सायलाई मुख्यमन्त्री बनाएको हो ।



    तीनपटक भाजपाको छत्तीसगढ अध्यक्ष रहेका सायलाई मुख्यमन्त्री बनाएर बीजेपीले अब ६ महिनापछि हुन लागेको आमनिर्वाचनको रणनीतिक योजना अघि सारेको हो ।



    अजित जोगीपछि छत्तीसगढमा आदिवासी जनजातिबाट मुख्यमन्त्री बन्ने दोस्रो व्यक्ति हुन् ।

    छत्तीसगढबाट केन्द्रीय संसदमा ११ मध्ये बीजेपीले अहिले ९ सीट जितेको छ ।

    यसअघि यो प्रदेशमा कांग्रेसको सरकार थियो । तर, यसपटक बीजेपीले बहुमत ल्याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार