Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • भारतीय अभिनेत्री नयनताराविरुद्ध एफआईआर दर्ता

    भारतीय अभिनेत्री नयनताराविरुद्ध एफआईआर दर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 720
    SHARES

    काठमाडौं । दक्षिण भारतीय अभिनेत्री नयनतारासहित सात जनाविरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको छ ।

    फिल्म ‘अन्नपूर्णी’मा धार्मिक भावनामा चोट पुर्‍याएको र लभ जिहादलाई बढावा दिएको भन्दै सात जनाविरुद्ध एफआईआर दर्ता गरिएको हो।



    जबलपुरमा अभिनेत्री नयनतारा, निर्माता जतिन शेट्टी, निर्देशक नीलेश कृष्णासहित सात जनाविरुद्ध उजुरी दर्ता भएको छ।



    फिल्मका धेरै दृश्य आपत्तिजनक रहेको भन्दै हिन्दू सेवा परिषद्ले ओमटी प्रहरी चौकीमा उजुरी दिएको हो।

    फिल्मको संवादमा भगवान श्रीरामको बारेमा पनि अभद्र टिप्पणी गरिएको र लभ जिहादलाई प्रवर्द्धन गरिएको उजुरीकर्ताको दाबी छ।

    हिन्दू सेवा परिषद्का प्रदेश अध्यक्षले फिल्मले हिन्दू धर्मलाई ठेस पुर्‍याएको आरोप लगाएका छन् । फिल्म ‘अन्नपूर्णी’ नयनताराको ७५ औं फिल्म हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार