Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • भारतीय लोकसभा बैठक बसिरहेकै बेला दुई जनाले प्रदर्शन गरेपछि..

    भारतीय लोकसभा बैठक बसिरहेकै बेला दुई जनाले प्रदर्शन गरेपछि..

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 921
    SHARES

    एजेन्सी । भारतीय संसद (लोकसभा) बैठक बसिरहेकै बेला दुई जना व्यक्तिले विरोध प्रदर्शन गरेका छन्।

    बैठक चलिरहेकै बेला दर्शक दीर्घाबाट अचानक एक जना सांसद बस्ने कुर्सीमै खसेको भिडियो देख्न सकिन्छ।



    अर्का एक जना भने रेलिङबाट झुन्डिएर तल झरेका छन्। उनीहरूले जुत्ताभित्रबाट केही निकालेर संसद बैठकमा धुँवा धुँवा बनाउँछन्।



    भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले ‘कलर स्मोग’ संसद बैठकभरि फैलाउँछन्।बुधबारको संसद बैठक चलिरहेको थियो।

    पश्चिम बंगालका बिजेपी सांसद खानेन मुर्मु सम्बोधन गर्दैथिए। राजेन्द्र अग्रवाल सभामुखको कुर्सीमा बसेका थिए।

    सोही बेला ती व्यक्तिहरू बैठकमा प्रवेश गरी ‘कलर स्मोग’ फैलाएका थिए। उनीहरू सभामुख बसेकै ठाउँतिर दोडेका थिए।

    प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २ जनालाई पक्रेको छ ।सन् २००१ मा आजकै दिन भारतको संसदमा आतंककारी आक्रमण भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार