Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • केदारनाथ वैशाख १२ गतेदेखि खुल्ने

    केदारनाथ वैशाख १२ गतेदेखि खुल्ने

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 1.3K
    SHARES

    एजेन्सी। केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ।

    उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम खुला गरिन लागेको हो ।



    उत्तराखण्ड राज्यले भारतीय रेलवे र पर्यटन निगमलाई अनलाइन बुकिङको अनुमति दिएको छ।



    उत्तराखण्ड पर्यटन विकास परिषद्ले गत महिनाको प्रारम्भमा नै आगामी चारधाम तीर्थयात्राका लागि छ लाख ३४ हजार भक्तजन दर्ता भइसकेका जनाएको छ। हिँडेर वा हेलिकप्टरबाट पनि केदारनाथ मन्दिरको यात्रा गर्न सकिने छ।

    केदाननाथ यात्राका लागि दुई लाख ४१ हजार र बद्रीनाथका निम्ति दुई लाख एक हजार, यमनोत्री जान ९५ हजार एक सय सात जना र गङ्गोत्रीको यात्राका निम्ति ९६ हजार चार सय ४९ जनाले आवश्यक प्रक्रिया पूरा गरेका छन्।

    उत्तराखण्डको चारधाम यात्रा भारतको सबैभन्दा लोकप्रिय हिन्दू तीर्थस्थल मानिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार