Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सेल्फी खिच्न नपाएको झोंकमा सोनु निगममाथि आक्रमण

    सेल्फी खिच्न नपाएको झोंकमा सोनु निगममाथि आक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 600
    SHARES

    एजेन्सी । भारतीय गायक सोनु निगममाथि मुम्बईको एक सांगीतिक कार्यक्रममा आक्रमण भएको छ ।

    गएराति मुम्बईको चेम्बुरमा आयोजित कन्सर्टमा सोनु र उनको टोलीमाथि आक्रमण भएको हो ।



    सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा सोनुको टोलीका एक व्यक्तिलाई स्टेजबाट तल धकेलिएको देख्न सकिन्छ ।



    सोनुले प्रस्तुति दिइरहेको बेला शिव सेना पार्टीका एक विधायकले आक्रमण गरेको र उनका अंगरक्षकलाई सिंढीबाट तल धकेलेका थिए । त्यसपछि घटनाबारे उजुरी दिन सोनु प्रहरी कार्यालयमा पुगेका थिए ।

    त्यसपछि उनी मुम्बई विमानस्थलबाट दिल्ली आएको बताइएको छ । बलिउड हंगामाले भने आक्रमणपछि चोटपटक लागेकाले सोनुलाई अस्पताल पुर्‍याइएको जनाएको छ । ती विधायकका छोराको सोनुसँग सेल्फी खिच्ने इच्छा पूरा हुन नपाएपछि स्टेजमा आक्रमण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार