Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोइरालाको बाल अस्पतालका लागि ४१ करोड सहयोग गर्ने गुरुङको घोषणा

    कोइरालाको बाल अस्पतालका लागि ४१ करोड सहयोग गर्ने गुरुङको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 666
    SHARES

    काठमाडौं । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् ।

    डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ ।



    निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।



    शुक्रबार अपराह्न गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेका थिए ।

    सहयोग रकम घोषणापछि भाटभटेनीका अध्यक्ष गुरुङले पनि राम्रो कामका लागि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको धारणा राखे ।

    डा. कोइरालाले अहिलेसम्म जुटेको रकम पारदर्शी रूपमा खर्च भइरहेको जनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार