Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भूकम्प पीडितका लागि भाटभटेनीद्धारा १ करोड ११ लाख १ हजार १११ रुपैया सहयोग हस्तान्तरण

    भूकम्प पीडितका लागि भाटभटेनीद्धारा १ करोड ११ लाख १ हजार १११ रुपैया सहयोग हस्तान्तरण

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । भाटभटेनी सुपर स्टोरले जाजरकोट र रुकुममा गएको विनासकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि एक करोड ११ लाख एक हजार १११ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

    सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेक हस्तान्तरण गरेका हुन् ।



    दाहालले भाटभटेनीका अध्यक्ष गुरुङले प्रदान गरेको चेक लिँदै कर्पोरेट क्षेत्रबाट पहिलोपटक यसरी सहयोग प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।



    अध्यक्ष गुरुङले जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी आफ्नो तथा आफन्तको ज्यान गुमाउने नेपाली दिदीबहिनीप्रति समवेदनासमेत व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार