Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतीय अन्तरिक्ष एजेन्सीको रकेटमा चीनको झन्डा राखेपछि…

    भारतीय अन्तरिक्ष एजेन्सीको रकेटमा चीनको झन्डा राखेपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 1.5K
    SHARES

    एजेन्सी । । भारतीय अन्तरिक्ष एजेन्सी (इसरो)को एउटा विज्ञापनमा चीनको झन्डा प्रयोग गरिएपछि विवाद भएको छ ।

    तमिल नाडुमा इसरोको नयाँ लञ्च कम्प्लेक्स सम्बन्धी विज्ञापनमा भारतको झन्डाको ठाउँमा चीनको झन्डा देखाइएको थियो ।



    विवादको एक दिनपछि पार्टीको तर्फबाट विज्ञापन दिने डएिमके नेता र माछा पालन मन्त्री अनिता आर राधाकृष्णनले बिहीबार स्पष्टीकरण दिएकी थिइन् ।



    विज्ञापनमा चीनको झन्डा प्रयोग डिजाइनरको गल्ती भएको बताइएको छ । यो सामान्य गल्ती भएको अनि यसमा डएिमकेको कुनै उद्देश्य नभएको राणकृष्णनले बताएकी छिन् ।

    डीएमकेका स्वर्गीय संरक्षक एम. करुणानिधिले सबैभन्दा पहिला तमिलनाडुको कुलसेकरपट्टिनममा इसरोका लागि नयाँ प्रक्षेपण कम्प्लेक्स बनाउने माग गरेका थिए ।

    मुख्यमन्त्री एमके स्टालिन र थूकुकुडी देखि लोकसभा सदस्य कनिमोइसम्मले तमिल नाडुमा इसरो प्रक्षेपण परिसर बनाउन केन्द्र सरकारसँग अनुरोध गरेका थिए ।

    यो परियोजना तमिल नाडु ल्याउन डीएमके नेताहरुको प्रयास देखाउन विज्ञापन बनाइएको थियो । विज्ञापन बनाउनेले त्यसमा ठुलो गल्ती गरिदियो ।

    भारतको झन्डाको ठाउँमा चीनको झन्डा राखिएको थियो । तर त्यसमा कसैले ध्यान दिएनन् । विज्ञापन प्रसारण भएपछि मात्रै यो गल्ती थाहा भयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार