Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेपालमा राष्ट्रपतिका लागि भारतीय बुद्धिजीवीले दिए ४ उम्मेदवारको नाम

    नेपालमा राष्ट्रपतिका लागि भारतीय बुद्धिजीवीले दिए ४ उम्मेदवारको नाम

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 720
    SHARES

    काठमाडौं । भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग जायज भएको बताएका छन् ।

    राष्ट्रपति निर्वाचनका लागि नेपालका राजनीतिक दलहरु उम्मेदवार चयनको कसरतमा सक्रिय भइरहेको बेला मुनीले राष्ट्रपतिका लागि योग्य भनेर चार जनाको नाम उल्लेख गरेका हुन् ।



    ट्वीटरमा उनले लेखेका छन्, ‘नेपालमा सहमतिमा नयाँ राष्ट्रपतिको माग जायज छ।देवेन्द्रराज पाण्डे, प्रा.बराल (सम्भवतः लोकराज बराल), दमन ढुंगाना र अनुराधा कोइराला जस्ता इमान्दार र राजनीतिक संवेदनशीलता भएका निष्पक्ष व्यक्ति योग्य छन्।’



    प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहँदा नेकपा एमाले एवं नेपाली कांग्रेसले आफूले पाउनुपर्ने अडान राख्दै आएका छन्।गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहँदा मुनिको यस्तो धारणा सार्वजनिक भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार