Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • घरेलु टोली नेपालविरुद्ध वेस्टइन्डिजको उत्कृष्ट सुरुवात

    घरेलु टोली नेपालविरुद्ध वेस्टइन्डिजको उत्कृष्ट सुरुवात

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 309
    SHARES

    काठमाडौं । वेस्टइन्डिजले तेस्रो टी-२० खेलमा घरेलु टोली नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले १० ओभरमा १ विकेट गुमाउँदै १०९ रन बनाएको छ ।



    मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले नटआउट ६८ रन र आन्द्रे फ्लेचरले नटआउट २२ रन बनाएर खेलिरहेका छन्।



    चार्ल्सले ३३ बलमा ७ चौका र ५ छक्का प्रहार गरिसकेका छन्। वेस्ट इन्डिजका ओपनर एलिक एथानाज भने चौथो ओभरको पहिलो बलमा रनआउट भए।

    उनी १७ रन बनाएर खेलिरहदा अनिल साहको थ्रोमा बलर कमलसिंह ऐरीले रनआउट गरे।

    ननस्ट्राइकमा रहेका उनी चार्ल्सले रनका लागि कुनै संकेत नदिँदा रनआउट भएका थिए। पाँच खेलको सिरिज १-१ को बराबरीमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार