Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • गोरखाबाट प्रचण्डले चुनाव जितेपछि गुन बिर्सिए : बाबुराम भट्टराई

    गोरखाबाट प्रचण्डले चुनाव जितेपछि गुन बिर्सिए : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 297
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले निर्वाचन जितेपछि पुरानो गुन बिर्सिएको आरोप लगाएका छन् ।

    बुधबार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेसपाले राजधानीमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले प्रचण्डले खोलो तरेर लौरो बिर्सिएको आरोप लगाए ।



    निर्वाचन अघि प्रचण्डले निर्वाचन क्षेत्रसमेत नपाएर भौतारिएको अवस्थामा आफूले निर्वाचन क्षेत्र छोडेर गुन लगाएको तर निर्वाचन जितेपछि पहिलाको गुन बिर्सिएको गुनासो गरे ।



    अध्यक्ष भट्टराईले भने,‘माओवादी शक्तिहरू कहिले एमाले, कहिले कांग्रेसको पछि लागेको छ । प्रचण्ड जीले आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाइरहनुभएको छ । प्रचण्ड आफै पछारिसकेपछि निर्वाचन क्षेत्रसमेत नपाएर भतारिँदै हिँडेको बोला थियो । त्यहाँभित्रका साथीले अबको बाटो तपाईँकै हो । संविधानसभा, गणतन्त्र भन्नुभएको थियो । नबुझेर हामीले विरोध गर्‍यौँ । आखिर तपाईँकै बाटोमा सही रहेछ । हामी अहिले पनि कहिले कांग्रेस त कहिले एमालेतिर भौँतारी रहेका छौँ । तपाईँले फेरी साथ दिनुपर्‍यो । माओवादीलाई समाजवादी पार्टीमा रूपान्तरण गर्छौ । मलाई प्रचण्डजीको विश्वास थिएन।’

    उनी सत्ताका लागि जे पनि गर्ने व्यक्ति भएको भन्दै भट्टराईले समाजवादी यात्रामा जान माओवादी तयार भएपछि सहयोग गरेको प्रस्टीकरण दिए ।

    त्यतिबेला पार्टी एकीकरणको कुरा कतै नभनिएको दाबी गर्दै पछि प्रचण्डले खोलो तर्यो लौरो बिर्सियो गरेको आरोप लगाए ।

    हिजो पानीमा भिजेको बिरालो जस्तो मान्छे चुनाव जितिसकेपछि शेर जसरी गर्जिन थालेको आरोप लगाए । अहिले आफू साना सङ्ख्यामा भए पनि अन्तिममा आफ्नै एजेन्डाले जित्ने उनले दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार