Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मेरो निस्वार्थ सहयोगमाथि प्रचण्डले कुठाराघात गरे : बाबुराम भट्टराई

    मेरो निस्वार्थ सहयोगमाथि प्रचण्डले कुठाराघात गरे : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 330
    SHARES

    गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गोरखा २ पुष्पकमल दाहाल प्रचण्डलाई छोड्नु आफ्नो गम्भीर गल्ती भएको बताएका छन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक संञ्जालमा लेख्दै गोरखा २ बाट आफै उम्मेदवार नबनेर गम्भीर गल्ती गरेको बताएका हुन् । अध्यक्ष भट्टराईले सत्ता स्वार्थका लागि प्रचण्डले जनयुद्धका त्याग र बलिदानमाथि खेलबाड गरेको आरोप लगाए ।



    अध्यक्ष भट्टराईले लेखेका छन्, ‘मासिक जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनु भएको छ। साथै समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ।’



    देशमा ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र साम/दान/दण्ड/भेदको दुष्चक्रमा फस्दै गएको उनको निष्कर्ष छ।

    उनले आफूले असल मनसायले दाहालका लागि गोरखा छोड्दा गलत परिणाम आएको उल्लेख गरेका छन् ।

    निर्वाचन यता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको र उल्टै आफूले निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गरेको आरोप लगाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार