Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गोरखा-२ बाट आफैँ चुनाव लड्ने बाबुराम भट्टराईको घोषणा

    गोरखा-२ बाट आफैँ चुनाव लड्ने बाबुराम भट्टराईको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 507
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ मा आगामी निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

    अध्यक्ष भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्।



    २०७९ मंसिरमा भएको चुनावमा भट्टराई गोरखा २ मा उम्मेदवार भएका थिएनन्। तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत गठबन्धनबाट माओवादी अध्यक्ष प्रचण्ड गोरखा २ मा साझा उम्मेदवार बनेर विजयी भएका थिए।



    दाहाललाई जिताउन भट्टराई पनि सक्रिय भएर गोरखाका गाउँ-गाउँ पुगेर मतदाता भेटेका थिए।  ०७९ को चुनावमा नेसपाले माओवादीको चुनाव चिन्हबाट निर्वाचन लडेको थियो।

    तर प्रचण्डको अस्थिर राजनीतिको आलोचना गर्दै आएका भट्टराईले निर्वाचन आयोग र संसद सचिवालयलाई पत्र लेखेर आफ्ना २ सांसदलाई नेसपाकै मान्यता दिन आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार