Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रामहरी हत्याकाण्डमा फरार माओवादी नेता कालिबहादुर खाम पक्राउ

    रामहरी हत्याकाण्डमा फरार माओवादी नेता कालिबहादुर खाम पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 879
    SHARES

    काठमाडौं। व्यवसायी रामहरी श्रेष्ठको अपहरणपछि हत्यामा फरार रहेका माओवादी नेता कालिबहादुर खाम पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई ठमेलबाट पक्राउ गरेको हो ।



    आर्थिक लेनदेन विवादमा खाम नेतृत्वको समूहले श्रेष्ठलाई अपहरण गरी हत्या गरेको थियो ।



    खाम अन्य अपराधमा पनि संलग्न रहँदै आएका थिए । खाम १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।

    माओवादी लडाकूका पूर्वडिभिजन कमाण्डर खाम माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार