Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • डलर देखाएर साढे ३ लाख ठगी, भक्तपुरबाट दुई जना पक्राउ

    डलर देखाएर साढे ३ लाख ठगी, भक्तपुरबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 279
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी वृत्त थिमिले डलर देखाएर ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका २९ वर्षीय सरोज तामाङ र ३६ वर्षीय राज कुमार तामाङ छन् ।



    उनीहरूले २०८० चैत १ मा भक्तपुरको लोकन्थलीमा डलर साट्ने बहाना बनाएर ३ लाख ५० हजार ठगेर भागेको आरोप छ ।



    आरोपीहरू विरुद्ध ओखलढुङ्गा घर भएर बुढानीलकण्ठ बस्ने ३२ बर्सिया हिरुमाया मगरले उजुरी दिएकी छन् ।

    घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका आरोपीहरुविरुद्ध यसअघि पनि ठगी र अभद्र व्यवहार मुद्दामा प्रहरीले अनुसन्धान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार