Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अमेरिकामा कोरोनाको पाँचौँ लहर आउन सक्ने चेतावनी

    अमेरिकामा कोरोनाको पाँचौँ लहर आउन सक्ने चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 942
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फौचीले अमेरिकामा कोरोना भाइरसको पाँचौँ लहर देखा पर्न सक्ने चेतावनी दिएका छन् ।

    वरिष्ठ संक्रामक रोग विशेषज्ञ फौचीले सीबीएस न्युजको ‘फेस द नेसन’ कार्यक्रममा कुरा गर्दै ओमिक्रोन भेरिएन्टका कारण पाँचौँ लहरको सम्भावना रहेको बताएका हुन् ।



    अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यक्तिको संख्या धेरै भएको र बुस्टर डोज पनि लगाइरहेकाले त्यसको खतरालाई रोक्न सक्ने सम्भावना रहेको उनको भनाइ छ ।



    ‘हामीकहाँ पाँचौँ लहर आउन सक्ने सम्भावना रहेको छ’ अन्तर्वार्ताका क्रममा उनले भनेका छन्–‘पाँचौँ लहर वा संक्रमण बढ्ने÷नबढ्ने कुरा हामीले आउँदा केही हप्ता वा महिनामा कस्तो कदम चाल्छौँ भन्नेमा निर्भर रहन्छ ।’

    उनले अझै पनि ६ करोड २० लाख अमेरिकी नागरिकले खोप लगाउन बाँकी रहेको र उनीहरूलाई तत्काल खोपको व्यवस्था गरिनुपर्ने बताएका छन् । उनले खोप लगाइसकेकालाई बुस्टर डोज र ५÷११ उमेरसमूहकालाई खोप अभियानमा तीव्रता दिएमा संक्रमणलाई न्यूनीकरण गर्न सकिने बताएका छन् ।

    अमेरिकामा कोरोना संक्रमणबाट ७ लाख ७६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने झन्डै ५ करोडलाई संक्रमण भइसकेको छ । – एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार