Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • ‘सय दिनभित्र १० करोडलाई कोरोना खोप’

    ‘सय दिनभित्र १० करोडलाई कोरोना खोप’

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले पदभार ग्रहण गरेको सय दिनभित्र १० करोड व्यक्तिलाई कोरोना खोप दिने वाचा गरेका छन् ।

    उनले आफूले कार्यभार सम्हालेको सय दिनसम्म सबै अमेरिकी नागरिकलाई मास्क लगाउन पनि आग्रह गरेका छन् ।



    आफ्नो कार्यकालको सुरुवाती महिनामा कोरोना महामारी अन्त्य नहुने भए पनि यसको बाटो मोड्ने रणनीतिमा आफूहरु लागेको उनले दाबी गरेका छन् ।



    बाइडेनले भने–‘मेरा सुरुवाती १०० दिनमा कोरोना महामारी अन्त्य हुँदैन । म त्यस्तो वाचा गर्न सक्दिनँ । यस्तो भद्रगोल अवस्थाबाट छिट्टै छुटकारा पाउन कठिन छ तर सय दिनमा यसको बाटो मोडेर अमेरिकी नागरिकको जीवन सहज बनाउन भने सक्नेछौं ।’

    बाइडेनले आउँदो जनवरी २० तारिखमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् । त्यसअघि बाइडेनले म‌ंगलबार आफ्नो स्वास्थ्य कार्यदलको परिचय गराएका हुन् ।

    बाइडेनले स्वास्थ्य सचिवका रुपमा क्यालिफोर्नियाका महान्यायाधीवक्ता हाभियर बेसेरालाई मनोनीत गरेका छन् । त्यस्तै डा. विवेक मुर्थीलाई सर्जन जनरलका रुपमा र डा. रोचेल वालेन्स्कीलाई रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को निर्देशकका रुपमा मनोनीत गरिएको छ ।

    त्यस्तै डा. मार्सेला नुनेज स्मिथलाई कोभिड–१९ टास्क फोर्सको अध्यक्षका रुपमा र वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीलाई कोभिड–१९ सम्बन्धी राष्ट्रपतिका प्रमुख स्वास्थ्य सल्लाहकारको रुपमा मनोनीत गरिएको छ । त्यस्तै कोभिड–१९ प्रतिकार्य तथा काउन्सिलरको संयोजकमा जेफ जायन्ट्सलाई मनोनीत गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार