Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इन्डोनेसियामा बाइडेन र सीबीच प्रत्यक्ष भेटवार्ता

    इन्डोनेसियामा बाइडेन र सीबीच प्रत्यक्ष भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 639
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ नेता सी जिनपिङबीच इन्डोनेसियाको बालीमा भेटवार्ता भएको छ ।

    दुई महाशक्तिबीचको सम्बन्ध चिसिएको बेला दुई नेताबीच आज भेटवार्ता भएको हो । सीएनएनका अनुसार अहिले दुवै नेताको उपस्थितिमा दुई पक्षिय वार्ता भइरहेको छ ।



    बेइजिङ र वाशिङटनले मतभेद अन्त्य गर्नुपर्ने बाइडनले बताएको खबर सञ्चारमाध्यमहरूले दिएका छन् ।



    आफू र सी मिलेर दुई देशबीचको सहकार्यको क्षेत्र पहिचान गर्नुपर्ने पनि उनले बताए । अमेरिका र चीनबीचको द्वन्द्व टारिने आशा उनले व्यक्त गरे ।

    कीर्तिमानी क्षेप्यास्त्र परीक्षणसँगै छिट्टै सातौं आणविक परीक्षण गर्ने डर बढिरहेका बेला दुई शक्तिशाली देशका नेताबीच भएको यस भेटवार्तालाई विश्वभर विशेष चासोका साथ हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार