Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इजरायललाई अमेरिकाको साथ, बाइडनद्वारा १०० मिलियन डलर सहयोग घोषणा

    इजरायललाई अमेरिकाको साथ, बाइडनद्वारा १०० मिलियन डलर सहयोग घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 429
    SHARES

    काठमाडौं । चार घण्टाका लागि इजरायल पुगेका अमेरिकी राष्ट्रपति जो बाइडनले हमासविरुद्धको लडाइँमा इजरायललाई साथ दिने घोषणा गरेका छन् । बाइडनले हमासविरुद्धको लडाइँमा इजराय एक्लै नभएको भन्दै अमेरिका उसको साथमा रहेको बताएका हुन् ।

    पछिल्लो पटक मंगलबार राति गाजा क्षेत्रको एक अस्पतालमा आक्रमण हुँदा ५०० जनाको मृत्यु भएको छ । अस्पतालमा भएको आक्रमणको दोष इजरायल र हमास दुवैले एकअर्कालाई लगाइरहेका बेला बाइडनले इजरायललाई साथ दिने बताएका हुन् ।



    अस्पतालमा आक्रमण भएपछि इजरायल पुगेका अमेरिकी राष्ट्रपति बाइडनलले राजधानी अम्मानमा समकक्षी वेन्जामिन नेतन्याहुलाई भेटेर इजरायललाई हमासविरुद्ध आत्मरक्षा गर्ने हक रहेको समेत बताएको बीबीसीले जनाएको छ ।



    साथै बाइडनको आग्रहमा इजिप्टले गाजा क्षेत्रमा गर्न चाहेको सहयोग सीमित मात्रामा उपलब्ध गराउने अनुमति दिन पनि इजरायल तयार देखिएको छ ।

    बाइडनले गाजा क्षेत्रका पीडितलाई मद्दत गर्ने घोषणा पनि गरेका छन् । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडनले गाजा र वेस्ट बैंकमा मानवीय सहायता पुर्याउन १०० मिलियन डलर सहयोग घोषणा गरेका छन् ।

    अमरिकाले उपलब्ध गराउने रकमबाट १० लाखभन्दा बढी विस्थापित र युद्ध प्रभावित प्यालेस्टिनीले राहत पाउने बताइएको छ । तर यो सहयोग हमास या अरु कुनै आतंकवादी समूहसम्म पुग्न नहुनेमा बाइडनले जोड दिएका छन् ।

    इजरायलको प्रधानमन्त्री कार्यालयले पनि एक विज्ञप्ति जारी गर्दै बन्दी बनाइएकाहरुलाई हमासले मुक्त गरेमा मात्रै मानवीय सहायता उपलब्ध गराउने सर्त राखेको छ ।

    प्यालेस्टिनी चरमपन्थी समूह हमासविरुद्धको लडाइँमा अमेरिकाले सुरुदेखि नै इजरायललाई साथ दिँदै आएको छ । अमेरिकाले हमासलाई प्रतिबन्धसमेत लगाएको छ ।

    पछिल्लोपटक हमासले २० असोजमा एक्कासी इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछिका दोहोरो लडाइँमा परी दुवैतर्फ ४ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार