Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गाजामा सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि इजरायलीले गर्‍यो बम आक्रमण

    गाजामा सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि इजरायलीले गर्‍यो बम आक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 420
    SHARES

    फाइल तस्विर

    गाजा । गाजा सहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

    इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले सिन्ह्वालाई बताएको छ ।



    मृतक र घाइतेहरूलाई अल–शिफा अस्पतालमा लगिएको छ । यद्यपि, सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ ।



    प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार इजरायली सेनाले गाजा सहरको पश्चिममा अल–राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमभणको निशाना बनाएको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार