Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार नजिक

    गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार नजिक

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 345
    SHARES

    फाइल तस्विर

    एजेन्सी । गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ९८५ पुगेको छ ।

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाए अनुसार गत अक्टोबर ७ मा सुरु भएको इजरायल(हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन्।



    इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने २०५ जना घाइते भएका छन्।



    प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले दक्षिणी गाजा पट्टीको खान युनिस शहरको अल(अमल अस्पतालले इजरायली ट्याङ्कहरूबाट थुप्रै प्रत्यक्ष आक्रमणहरू भएको बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार