Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इजरायली आक्रमणबाट गाजामा थप १११ प्यालेस्टिनी मारिए, दर्जनौं घाइते

    इजरायली आक्रमणबाट गाजामा थप १११ प्यालेस्टिनी मारिए, दर्जनौं घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 681
    SHARES

    एजेन्सी । गाजापट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा १११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने आक्रमणमा दर्जनौं घाइते भएका छन् ।

    गाजाको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणी गाजापट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पुर्याइएको जानकारी गराएको छ ।



    गाजा शहरको केन्द्रमा रहेको अल–दराज छिमेकमा रहेको एउटा घरलाई लक्षित गरी इजरायलीहरूले बमबारी गर्दा २६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ ।



    गाजा पट्टीको दक्षिणी भागमा रहेको रफाह शहरका चारवटा घरमा इजरायलले गरेको आक्रमणमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार