Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गाजामा युद्धविरामका लागि राष्ट्रसंघले गरेको आह्वानलाई इजरायलद्वारा अस्वीकार, दोस्रो चरणको युद्ध सुरू भएको घोषणा

    गाजामा युद्धविरामका लागि राष्ट्रसंघले गरेको आह्वानलाई इजरायलद्वारा अस्वीकार, दोस्रो चरणको युद्ध सुरू भएको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 882
    SHARES

    तस्बिरः न्युयोर्क टाइम्स

    काठमामडौं । इजरायलले गाजामा दोस्रो चरणको युद्ध सुरू भएको जनाएको छ । उले आकाश, जमिन र समूद्रबाट आक्रमण जारी राखेको छ।

    गाजामा मानवीय सहायतका लागि संयुक्त राष्ट्रसंघले गरेको युद्धविरामको आह्वानलाई खारेज गर्दै इजरायलले गाजापट्टीमा आक्रमणलाई अझै सशक्त बनाएको हो।



    इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले यसलाई हमासविरूद्धको दोस्रो चरणको युद्ध भनेका छन्। इजरायली सेनाहरु जमीनबाटै गाजा पट्टीमा प्रवेश गरी त्यहाँ आक्रमण गरिएको भिडिओहरु विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले प्रसारण गरिरहेका छन्।



    प्रधानमन्त्री नेतन्याहूले शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा गाजा पट्टीमा शुक्रबारदेखि नै इजरायली सैनिक प्रवेश गरिसकेको बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

    गाजामा इजरायलले जमिनबाटै आक्रमण सुरू गरेको बारे सञ्चारमाध्यहरूले उल्लेख गरेको भएपनी इजरायलले शनिबार अपराह्नसम्म त्यसबारेमा कुनैपनि आधिकारिक विवरण सार्वजनिक गरेको थिएन।

    गाजामा इजरायलले सुरू गरेको आक्रमणलाई हमास(इजरायल लडाइँको तीन साता यताकै भयानक भनिएको छ। इजरायली सैनिक जमिनबाटै प्रवेश गरेपछि गाजाका नागरिकहरू थप आतंकित भएका छन्।

    अन्तर्राष्ट्रिय संघ संस्थाहरूले गाजाका नागरिकहरूको मानवअधिकार हनन भएको बताउँदै युद्ध रोक्न आह्वान गरेपनि इजरायलले गाजामाथिको आक्रमण झन् बढाएको छ।

    इजरायल–हमास युद्धको तीन साता बितिसक्दा गाजामा साढे सात हजार मानिसहरू मारिएका छन्। इजरायलले जमिनबाट आक्रमण सुरू गरेयता मात्रै ३७७ नागरिक मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै एपीले लेखेको छ।

    गाजामा अहिलेसम्म मारिएका मध्ये करिब ३ हजार महिला र बालबालिका मात्रै रहेको बताइएको छ। हमासले गरेको आक्रमणमा इजरायलमा १ हजार ४ सय जनाको मृत्यु भएको थियो। हमासले २ सय जनाभन्दा बढीलाई इजरायलबाट बन्धक बनाएको बताइएको छ।

    प्रधानमन्त्री नेतन्याहुले इजरायलीको अस्तित्व जोगाउन र बन्धकमा परेकालाई छुटाउन हमासमाथि आक्रमण जारी राख्ने बताएका छन्। – एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार