Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इजरायलले जारी गर्‍यो भारतमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी

    इजरायलले जारी गर्‍यो भारतमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 525
    SHARES

    एजेन्सी। नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक विष्फोट भएपछि इजरायलले ट्राभल एडभाइजरी जारी गरेको छ।

    इजरायली राष्ट्रिय सुरक्षा परिषदले भारतमा रहेका आफ्ना नागरिकहरुका लागि ट्राभल एडभाइजरी जारी गरेको हो।



    गएराति दिल्लीको चाणक्यपुरीस्थित इजरायली दूतावास नजिक विष्फोट भएको थियो ।



    भारतीय समय अनुसार मंगलबार बेलुका पौने ६ बजेतिर विष्फोट भए पनि कोही पनि हताहती भएका छैनन्।

    इजरायली राष्ट्रिय सुरक्षा परिषदले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई भीडभाड हुने ठाउँमा नजान भनेको छ ।

    साथै रेष्टुरेन्ट, होटल, पब, सपिङ मल लगायतका स्थानमा जाँदा सतर्क रहन पनि भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार