Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मोरङमा बालिका हत्या आरोपमा एक युवक प्रहरी फन्दामा

    मोरङमा बालिका हत्या आरोपमा एक युवक प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 756
    SHARES

    विराटनगर । मोरङको पथरी शनिश्चरेमा बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरेको हो ।



    बालिकाको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमती थुलुङ राईको सोमबार राति शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजे उनको हत्या भएको थियो ।

    ज्ञानमती पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार