Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • स्टाफ नर्स चन्द्रिकाको हत्या आफ्नै प्रेमीले गरेको आशंका !

    स्टाफ नर्स चन्द्रिकाको हत्या आफ्नै प्रेमीले गरेको आशंका !

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 9.6K
    SHARES

    मोरङ । नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या प्रेम सम्बन्धका कारण भएको प्रहरीले आशंका गरेको छ ।

    विराटनगरमा डेरा बसेको घरभित्र शव फेला परेकी स्टाफ नर्स दासको उनकै प्रेमीले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको हो ।



    उनको घर सिराहाको फुल्काहकट्टी हो । उनी विराटनगर–४ बुढाथोकी मार्गमा धीरेन्द्र गिरीको घरमा डेरा गरी बस्दै आएकी थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमीले नै हत्या गरेर शौचालयभित्र शव राखेको हुनसक्ने देखिएको बताइएको छ ।



    हत्यामा प्रेमी संलग्न रहेको आशंका गरिए पनि अनुसन्धानबाट पुष्टि हुन बाँकी छ। डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दासको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए ।

    उनले धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि फालेको अवस्थामा शव भेटिएको बताए । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको उनको भनाई छ ।

    उनका आफन्त एवं अभिभावक सिरहाबाट आइपुगेपछि शव भेटिएको कोठामा लगाइएको चाबी खोलेर घटनाको अनुसन्धान सुरु गरिएको छ । प्रहरीले पीडित पक्षलाई शव देखाएको छ ।

    कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ । शव घटनास्थलमै छ आफन्त आएपछि मात्रै पोस्टमार्टमका लागि पठाउने प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार