Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • मोरङमा भेला र प्रदर्शन गर्न नपाईने

    मोरङमा भेला र प्रदर्शन गर्न नपाईने

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 237
    SHARES

    विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले भेला र प्रदर्शन गर्न रोक लगाएको छ ।

    बुधबार विराटनगर रानीमा दुई समूहबीच झडपभएपछि बिहीबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले अग्रिम समन्वय गरेर मात्रै राजनीतिक दलको सभा, सामाजिक भेला, धार्मिक गतिविधिलगायत र्‍याली, भेला तथा प्रदर्शन नगर्न सूचना जारी गरेको हो।



    सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले एक सूचना जारी गर्दै भेला र प्रदर्शन गर्न रोक लगाएका हुन् ।



    सूचनामा भनिएको छ,‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आज मिति २०८१।०१।०६ गते बिहान १०ः ०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वय नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि लगायत सबै प्रकारको र्‍याली, भेला, प्रदर्शन कार्यक्रम नगर्न र नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ।’

    बुधबार रामनवमीको अवसरमा एउटा समूहले निकालेको जुलुसलाई अर्को समूहले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार