Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • तोलामा ७ सय रूपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा ७ सय रूपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 474
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो।

    आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।



    गत शुक्रबार ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आइतबार घटेको थियो। आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।



    शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको थियो, जुन हालसम्म कै उच्च हो। ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आइतबार घटेकोमा सोमबार भने फेरि बढेको हो।

    आज चाँदीको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला एक हजार सात सय रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १५ रूपैयाँ बढेको हो।

    सोमबार बजारमा चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार