Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

    सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 957
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

    लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।



    गत आइतबारदेखि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।



    उक्त दिन सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

    आज सुन प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा पाँच सय रूपैयाँ बढी हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार