Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सादा पोसाकमा परिचालन हुने घुमुवा प्रहरी हटाइए, दरबन्दी रहेको जिल्लामै पठाइयो

    सादा पोसाकमा परिचालन हुने घुमुवा प्रहरी हटाइए, दरबन्दी रहेको जिल्लामै पठाइयो

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 21.1K
    SHARES

    विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले सादा पोसाकमा परिचालन हुने घुमुवा हटाएको छ ।

    विराटनगरमा आज संचारकर्मीहरूसँगको एक कार्यक्रममा मोरङ प्रहरी प्रमुख भएर आएका नयाँ एसपी नवराज कार्कीले सादा पोसाकका प्रहरी हटाएको जानकारी गराएका हुन् ।



    सूचना संकलनका लागि भनेर यसअघिका एसपी दीपक पोखरेलले परिचालन गरेको पाँच जना सादा पोसाकका प्रहरीलाई कार्कीले फिर्ता बोलाएर उनीहरूको दरबन्दी रहेको जिल्लामै सरुवा गरिएको छ ।



    फागुन ७ गते मोरङ प्रहरी प्रमुख भएर आएका कार्कीले कार्यभार सम्हाले लगत्तै सादा पोसाकमा खटिएका वरिष्ठ नायव निरीक्षक राजेन्द्र कटुवाल, सहायक प्रहरी हवलदार सुदर्शन कालाखेती, प्रहरी जवानहरू चुँडामणि सुयल, अमृत श्रेष्ठ र काचुम भोटेको सरुवा गरेका हुन् ।

    तर एसपी कार्कीले तत्काल सादा पोशाकको प्रहरी हटाइए पनि आवश्यकता परेको खण्डमा परिचालन गरिने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार