Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उपत्यकामा १०८ ‘घुमुवा प्रहरी’ हटाइयो, अब युनिफर्मसहित नियमित ड्युटीमा खटिने !

    उपत्यकामा १०८ ‘घुमुवा प्रहरी’ हटाइयो, अब युनिफर्मसहित नियमित ड्युटीमा खटिने !

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा खटिएका १०८ जना घुमुवा (सादा पोशाक) का प्रहरी हटाइएको छ ।

    उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि तीन वटै परिसर, वृत्तहरू, ट्राफिक, विमानस्थल प्रहरी गरी १०८ जना सादा पोशाकका प्रहरीलाई हटाइएको हो ।



    गृहमन्त्री लामिछानेले बिहीबार निर्देशन दिएपछि प्रहरी हेडक्वाटरले परिपत्र गर्दै सादा पोशाकका प्रहरीलाई हटाउन परिपत्र गरेको थियो ।



    हेडक्वाटरको परिपत्र आएपछि उपत्यकाका १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार