Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ज्ञानेन्द्र शाहीको चेतावनी – ललितानिवास प्रकरणमा माधव र बाबुरामलाई पक्राउ नगरे आन्दोलन थाल्छौँ

    ज्ञानेन्द्र शाहीको चेतावनी – ललितानिवास प्रकरणमा माधव र बाबुरामलाई पक्राउ नगरे आन्दोलन थाल्छौँ

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 810
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गोरु काटेर खानेलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै राप्रपाको प्रमुख सचेतकसमेत रहेका शाहीले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।



    उनले ९३ प्रतिशत नागरिकको आस्थालाई हिर्‍याएर सामाजिक संजालमा गोरु काटेको प्रचार गरेको बताए ।



    “मिठो लागेर मासु खाएको भन्ने सुनियो । सबैभन्दा मिठो मासु मान्छेको हुन्छ भनेर अनुसन्धानले देखाएको छ तिम्रो हिम्मत छ भने मान्छेको मासु खाएर देखाउ,” शाहीले भने, “हिम्मत छ भने साउदीमा गएर सुँगुर काटेर देखाउ ।” उनले बहुसंख्यक नागरिकको आस्थामा सम्मान हुनुपर्ने पनि बताए ।

    यस्तै उनले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा। बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ गरी अनुसन्धान गरन नगरे आन्दोलन थाल्ने चेतावनी दिएका छन् । शाहीले सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पक्राउ नगरेकोमा आपत्ति जनाए ।

    ‘ठूला नेतालाई कानुन नलाग्नेरु जनताले गल्ती नगरे पनि कान समातेर जेल हाल्ने ?’, उनले भने, ‘पूर्वप्रधानमन्त्रीहरुलाई पक्राउ गरेर हिरासतमा राखेर किन अनुसन्धान नगरेको ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार