Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • धनगढीमा छिमेकीको कुटपिटबाट एक जनाको मृत्यु

    धनगढीमा छिमेकीको कुटपिटबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 357
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलाली धनगढी उपमहानगरपालिकामा छिमेकीको कुटपिटबाट एक जनाको ज्यान गएको छ ।

    धनगढी उपमहानगरपालिका -८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको आफ्नै छिमेकीको कुटपिटबाट मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार राति स्थानीय मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला रानामाथि कुटपिट भएको जनाएको छ।



    कुटपिटबाट गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

    प्रहरीले रानाले मदिरा सेवन गरेर अर्काको घरमा पसेका थिए। रानाको हत्या अभियोगमा मीनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा मीनबहादुरकी श्रीमती २९ बर्सिया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार