Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हुन्डी कारोबारमा संलग्न रामबाबु वीरगन्जबाट पक्राउ

    हुन्डी कारोबारमा संलग्न रामबाबु वीरगन्जबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 690
    SHARES

    पर्सा । पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

    करिब ७ लाख रुपैयाँ र विभिन्न बैंकका चेक बुकसहित वीरगन्ज-१६ बस्ने रामबाबु साह कलवारलाई वीरगन्जबाट पक्राउ गरेको हो।



    विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका-१६ दुर्गाहल पछाडिको गल्लीमा एक जना शंकास्पद रूपमा हिँडिरहेका कलवारलाई चेक गर्दा ६ लाख ८२ हजार रुपैयाँ बरामद गरेको थियो।



    कलवारले बोकेको झोलाबाट प्रहरी नेपाली रुपैयाँसहित प्रतिबन्धित ५ सय का २८ हजार भारतीय रुपैयाँसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

    कलवारको साथबाट विभिन्न बैंकका १९ थान चेकबुकसमेत फेला परेकोका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार