Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • रास्वपा महामन्त्री ढकालले भने – इलाममा बजेको सांकेतिक घण्टीले सचेत गराएको छ

    रास्वपा महामन्त्री ढकालले भने – इलाममा बजेको सांकेतिक घण्टीले सचेत गराएको छ

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 474
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकालले इलाममा बजेको सांकेतिक घण्टीले आफुहरुलाई सचेत गराएको बताएका छन् ।

    इलाममा जमानत जफत भएपछि महामन्त्री ढकालले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । महामन्त्री ढकालले इलाम–२ मा पार्टीले गरेका का प्रयासहरूमा कमी–कमजोरी रहेको बताए।



    विज्ञप्तिमा महामन्त्री ढकालले भनेका छन्,‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं। निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन् कमीकमजोरी रहेको इंगित गरेको छ। सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ। हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नम्बर २ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौं। नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं।’



    इलाममा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएपछि पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने प्रवक्ता ढकालले बताए ।

    निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गरेका पार्टी सदस्य तथा शुभचिन्तकहरूप्रति पनि धन्यवाद व्यक्त गरेको छ। इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन्।

    उनले २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए। चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत ल्याए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार