Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पार्टीले कानुनी परामर्शलाई आधार बनाएर निर्णय लिन्छ, विश्वास कायम राख्नुस् : रास्वपा प्रवक्ता ढकाल

    पार्टीले कानुनी परामर्शलाई आधार बनाएर निर्णय लिन्छ, विश्वास कायम राख्नुस् : रास्वपा प्रवक्ता ढकाल

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 468
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टीले सुझबुझका साथ कानुनी परामर्शलाई आधार मानेर विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा उचित निर्णय लिने प्रतिक्रिया दिएका छन् ।

    सर्वोच्च्च अदालतले सभापति रवि लामिछानेविरुद्ध गरेको फैसलाबारे पार्टी प्रवक्तासमेत रहेका ढकालले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।



    उनले फेसबुकमा लेखेका छन् ‘पार्टीले सुझ बुझका साथ कानुनि परामर्शलाई आधार मानेर विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा उचित निर्णय लिनेछ । सो समयसम्म सम्पूर्णमा संयमताका साथ धैर्य धारण गर्दै पार्टीप्रति विगतमाभन्दा अझ धेरै साथ, सहयोग र विश्वास कायम राखिराख्न अनुरोध गर्दछौँ ।’



    शुक्रबार संवैधानिक इजलासले रविको सांसद पद कायम नरहने फैसला गरेको थियो । योसँगै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन्। अदालतबाटै पदमुक्त भइसकेको अवस्थामा लामिछानेले राजीनामा बुझाएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार