Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कागबेनीमा बस पल्टिँदा २१ जना घाइते

    कागबेनीमा बस पल्टिँदा २१ जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 390
    SHARES

    फाइल तस्विर

    मुस्ताङ । मुस्ताङको कागबेनीमा बस पल्टिँदा २१ जना यात्रु घाइते भएका छन् ।

    कागबेनीमा पर्ने मुक्तिनाथ सडकखण्डको सेल्फिडाँडामुनि घुम्तीमा बस सडकमा पल्टिँदा २१ जना यात्रु घाइते भएका हुन् ।



    काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार प्रदेश नम्बर ३ ०१००६ ख ६२२ नम्बरको बस मंगलबार दुर्घटनामा परेको थियो ।



    मुक्तिनाथ दर्शन गरी फर्क‌दै गरेको ३३ जना विद्यार्थी सवार बस ब्रेक फेल भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका २१ विद्यार्थीको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार