Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मुस्ताङबाट बिनाअनुमतिका हेन्ड सेट बरामद

    मुस्ताङबाट बिनाअनुमतिका हेन्ड सेट बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 2K
    SHARES

    मुस्ताङ । मुस्ताङ प्रहरीले बिना अनुमतिपत्र ल्याइएका १० थान हेन्डसेट सञ्चार उपकरण बरामद गरेको छ।

    म्याग्दी र मुस्ताङ सीमाना घाँसामा प्रहरी चौकीले नियमित चेकजाँच गर्ने क्रममा बुधबार १० भारतीय पर्यटकको साथबाट बिना अनुमतिका हेन्डसेट बरामद गरेको हो।



    पोखराबाट म्याग्दी हुँदै मोटरसाइकलमा मुस्ताङ आउँदै गरेका भारतीय पर्यटकको साथबाट सञ्चार प्रयोजनका लागि ल्याइएका बिनाअनुमति पत्रका १० थान हेन्ड सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।



    भारतबाट हिमालय बुलेट, कावासाकी र डुक कम्पनीको १० मोटरसाइकलमा यात्रा गर्दै आएका भारतीय पर्यटकको साथबाट हेन्टसेट बरामद गरिएको हो ।

    मोटरसाइकलमा सुवाराङ, डटर्सर सुरुकार्य, मदससिंह र वसुमाता रायलगायत १० भारतीय छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार