Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • चितवन राष्ट्रिय निकुञ्जमा १० महिनामा ५३ वन्यजन्तु मरे

    चितवन राष्ट्रिय निकुञ्जमा १० महिनामा ५३ वन्यजन्तु मरे

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 306
    SHARES

    नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० महिनामा एकसिंगे गैँडासहित ५३ वन्यजन्तु मरेका छन् ।

    निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चालु आर्थिक वर्षको हालसम्म गैँडा, बाघ, हात्तीलगायतका दुर्लभसहित ५३ वन्यजन्तु मरेको जानकारी दिए ।



    उनका अनुसार यस अवधिमा सबैभन्दा बढी २० चित्तल मरेका छन् । त्यसैगरी पछिल्लो १० महिनाको अवधिमा १९ एकसिंगे गैँडा मरेका जनाउँदै तिवारीले प्राकृतिक कारणले १५, चोरीसिकारीबाट दुई, सम्भावित चोरीसिकारीबाट एक तथा अन्य कारणले एउटा गैँडाको मरेको जानकारी दिए ।



    त्यस्तै, यस अवधिमा पाँच हात्ती, तीन पाटेबाघ, तीन जरायो, तीन रतुवा, दुई गोही, एउटा बँदेल र एउटा अन्य वन्यजन्तु मरेको तिवारीको भनाइ छ । निकुञ्जले यस वर्ष विभिन्न स्थानबाट १६३ वन्यजन्तुको उद्धार गरेको सूचना अधिकारी तिवारीले बताए ।

    निकुञ्जले उद्धार गरेका वन्यजन्तुमध्ये सबैभन्दा बढी ६४ अजिंगर, ५१ सर्प, छ पाटेबाघ, तीन एकसिंगे गैँडासहितका जनावर रहेको तिवारीले जानकारी दिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार