Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • कपिलवस्तुमा श्रीमान्–श्रीमती घरभित्रै मृत फेला

    कपिलवस्तुमा श्रीमान्–श्रीमती घरभित्रै मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 393
    SHARES

    फाइल तस्विर

    कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका –८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् ।

    ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेका हुन् ।



    मृतक श्रीमान् भर्‍याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी थिईन् ।



    श्रीमतीको शरीरका विभिन्न भागमा चोट देखिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

    घटनाको प्रकृति हेर्दा श्रीमान्–श्रीमतीबीच झगडा भई श्रीमतीको हत्या गरी श्रीमान्ले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार