Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कपिलवस्तुमा भारतीय नागरिकको अपहरणपछि हत्या, तीन जना पक्राउ

    कपिलवस्तुमा भारतीय नागरिकको अपहरणपछि हत्या, तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 81
    SHARES

    फाइल तस्विर

    कपिलवस्तु । कपिलवस्तुमा एक भारतीय नागरिकलाई अपहरणपछि कुटपिट गरेर हत्या गरिएको छ ।

    जिल्लाको मायादेवी गाउँपालिकामा भारतको सिद्धार्थनगरका ४१ वर्षीय जमाल अहमदको हत्या भएको हो।



    युपी ५५ एएच २०५७ नम्बरको मोटरसाइकल चढेर बिहीबार दिउँसो ४ बजेतिर नेपाल आइरहेका बेला बिजुवा पुलमा रोकेर जमाललाई ट्याम्पुमा राखेर अपहरण गरिएको थियो ।



    उनलाई अभिराभ गाउँ नजिक रहेको इसलाहुल मुस्लिम मदरसाको कोठामा बाँधेर कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    घटनामा संलग्न भएको आशंकामा तीन जना नेपाली नागरिक पक्राउ परेका छन् । हत्या गरिएको शव बिहीबार राति १२ बजे फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार