Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गाउँपालिका उपाध्यक्षले गरे प्रशासकीय अधिकृतमाथि हातपात

    गाउँपालिका उपाध्यक्षले गरे प्रशासकीय अधिकृतमाथि हातपात

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 972
    SHARES

    कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि गाउँपालिकाका उपाध्यक्षले हातपात गरेका छन्।

    गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि हातपात गरेका हुन् ।



    बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात गरी गालीगलौज गरेको प्रमुख प्रशासकीय अधिकृतले आरोप लगाएका छन्।



    वादविवादका क्रममा ज्ञवालीको नेम प्लेट र उनले काम गर्ने कार्यालयको टेवुलको सिसा पनि फुटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार