Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कपिलवस्तु हत्या प्रकरण : प्रेमिकासहित दुई जना पक्राउ

    कपिलवस्तु हत्या प्रकरण : प्रेमिकासहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    कपिलवस्तु । कपिलवस्तुका २७ वर्षीय शिव कुमार कुर्मीको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरीका श्याम कुमार उपाध्याय र उनकी दिदी पुष्पादेवी रहेका छन् ।



    गत फागुन ५ गते महाराजगंज नगरपालिका-४ पिपरी गाउँ नजिकै कुलोमा गाडिएको अवस्थामा टाउको काटिएको शव फेला परेको थियो।



    त्यसको ६ दिनपछि शुक्रबार प्रहरीले ज्यान गाडिएको नजिकै अर्को खाल्डो खनेर गाडिएको अवस्थामा टाउको फेला पारेको थियो। त्यसपछि मात्रै शवको पहिचान भएको थियो।

    प्रहरीले शवको पहिचान भए लगत्तै श्याम कुमार र उनकी दिदी पुष्पादेवीलाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकी गुडिया र मृतकबीच विवाहोत्तर सम्बन्ध रहेको पत्ता लगाएको थियो। शिवकुमार र गुडिया दुवै विवाहित हुन्। गुडियाका श्रीमान वैदेशिक रोजगारमा छन्।

    शव गाडिएको स्थानदेखि दक्षिणतर्फको खेतमा मृतक र हत्याराहरू बीच संघर्ष भएको निशान समेत प्रहरीले भेटेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार